ओली र प्रचण्डबीच तीन घन्टा वार्ता, पर्सी एकता संयोजन समितिको बैठक बस्ने

शुक्रबार, ०५ माघ २०७४, १७ : ०३
ओली र प्रचण्डबीच तीन घन्टा वार्ता, पर्सी एकता संयोजन समितिको बैठक बस्ने

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच  छलफल भएको छ ।
बैंककमा स्वास्थ्य उपचार गरेर फर्किएका ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका थिए । दुई नेताबीच झण्डै ३ घन्टा छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार छलफलमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल भएको थियो । कार्यदलल दिएको प्रतिवेदनमा आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने सहमाति भएको छ ।
पार्टी एकतालाई अन्तिम रुप दिन भोलि दुई अध्यक्षबीच कुराकानी हुने र माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने  मनहरी तिमिल्सिनाले बताए ।

 

प्रतिक्रिया दिनुहोस