प्रदेश प्रमुखहरुले शीतल निवासमा आज पद तथा गोपनियताको शपथ लिने

शुक्रबार, ०५ माघ २०७४, ११ : ४७
प्रदेश प्रमुखहरुले शीतल निवासमा  आज पद तथा गोपनियताको शपथ लिने

काठमाडौं । प्रदेश प्रमुखहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त गरी पद तथा गोपनियताको शपथ गराउने संवैधानिक व्यवस्था अनुसार उनीहरुको सपथ ग्रहण राष्ट्रपति कार्यलयमा हुन लागेको हो ।

सरकारले बुधबार सातवटै प्रदेश प्रमुखको नाम सिफरिस गरेको थियो । बिहीबार सार्वजनिक विदा भएकाले शुक्रबार उनीहरुको सपथ हुन लागेको हो ।
राष्ट्रपतिका कार्यलयका अनुसार दिउँसो ४ बजे प्रदेश प्रमुखको सपथका लागि समय तय भएको छ ।  

सरकारले प्रदेश नं १ का लागि डा. गोबिन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा सिफारिस गरेको थियो ।

यसैवीच निर्वाचन आयोगले प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित २२० सांसदलाई निर्वाचन आयोगले प्रमाणपत्र दिँदैछ । आयोगले त्यसका लागि दिउँसो १ बजेको समय निर्धारण गरेको छ ।

आयोगको केन्द्रीय कार्यलय कान्तिपथमा आयोजित कार्यक्रममा प्रदेश सांसदहरुलाई निर्वाचित भएको प्रमाणपत्र  प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाए ।

प्रतिक्रिया दिनुहोस