केन्द्रीय समिति बैठकमा देउवाले भने– 'चुनावी परिणामबारे पार्टीभित्र गम्भीर समिक्षा हुन्छ'

विहीबार, ०४ माघ २०७४, १५ : ०६
केन्द्रीय समिति बैठकमा देउवाले भने– 'चुनावी परिणामबारे पार्टीभित्र गम्भीर समिक्षा हुन्छ'

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीले व्यहोरेको हारप्रति पार्टीभित्र गम्भीर समिक्षा हुने बताएका छन् । आजबाट सुरु बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनको गम्भीर समिक्षा गर्ने र महासमिति बैठक बोलाउने बताएका हुन् ।

‘सम्पन्न निर्वाचन परिणाम हाम्रो पार्टी अनुकुल आउन सकेन, पराजयको पछिल्तिर हाम्रा जेजे कारण होलान, ति सवैका सन्र्दभमा समीक्षा, छलफल गर्न जरुरी छ ’ देउवाले बैठकमा भनेका छन् ।

यसअघि काँग्रेस नेताहरुले निर्वाचनबारे गम्भीर समीक्षा र महासमिति बैठक बोलाउन सभापति देउवालाई दवाव दिदै आएका थिए । त्यस्तै बैठकमा राष्ट्रिय सभाका उम्मेद्वारबारे पनि छलफल भएको छ । बिहीबारको बैठकमा नेताहरु रामचन्द्र पौडेल,दीपक गिरी,चन्द्र भण्डारी,विमलेन्द्र निधि, नविन्द्र राज जोशी लगायतले अधारणा राखेका थिए ।

बैठक  निर्वाचन समिक्षाका लागि एक साता पछि बस्ने सम्भावना प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा धराणा राख्ने अधिकांश नेताहरुले दलको रूपान्तरण अनिवार्य भएको बताएका थिए ।

यसैबीच, कांग्रेस केन्द्रीय सदस्य दीपक गिरिले बैठक बहिस्कार गरेका छन् । प्रदेश राजधानीको निर्णयप्रति असन्तुष्टि जनाउँदै  बैठकको सुरुमा आफ्नो धारणा राखेर निस्केको प्रतिकृया उनले दिए ।

प्रतिक्रिया दिनुहोस