यसरी पक्राउ पर्यो टर्कीमा इस्लामिक स्टेट्सका ९३ लडाकू

शनिबार, २५ कार्तिक २०७४, १५ : ०२
यसरी पक्राउ पर्यो टर्कीमा इस्लामिक स्टेट्सका ९३ लडाकू


इस्ताबुल । टर्कीको इस्तानबुल र दक्षिणी प्रान्त आदानामा टर्की प्रहरीले इस्लामिक स्टेट्स ९आइएस० का ९३ जना आतङ्ककारी पक्राउ गरेको छ ।

स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएका छन् । समातिएका आइएस आतङ्ककारीहरु प्रायः विदेशी भएको जनाइएको छ ।

इस्ताबुलका १४ वटा स्थानमा सँगसँगै गरेको प्रहरी कारबाहीमा ८२ व्यक्ति समातिएका सरकारद्धारा सञ्चालित सञ्चारमाध्यम आनादोलुले जनाएको छ । त्यसैगरी आदाना प्रान्तमा भएको प्रहरी कारबाहीमा ११ जना सिरियाली पक्राउ परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस