प्रधानमन्त्री देउवाको चुनावी प्रचार ताप्लेजुङबाट सुरू

शनिबार, २५ कार्तिक २०७४, १३ : २६
प्रधानमन्त्री देउवाको चुनावी प्रचार ताप्लेजुङबाट सुरू


प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  एंव प्रधानमन्त्री शेरबहादुर देउवा  शनिबारदेखि चुनावी प्रचारका निस्केका छन् । देउवा को चुनावी प्रचार ताप्लेजुङबाट सुरू, आजै पाँचथर र सोलुखुम्बु पनि पुग्ने छन।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा पार्टी र उम्मेदवारका पक्षमा भोट माग्न देउवाले पूर्वी पहाडबाट सुरू गर्ने छन्। उनले शनिबार ताप्लेजुङमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका बरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले आजै पाँचथर र सोलखुम्बुमा पनि चुनावी सभा सम्बोधन गर्ने कार्यक्रम छ। ‘पहिला ताप्लेजुङ जाने अनि पाँचथरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ,’ परियारले भने, ‘सोलुखुम्बु पनि आजै  पुग्ने योजना छ।’

तीन जिल्लाको चुनावी सभा सकेर प्रधानमन्त्री देउवा साँझ काठमाडौं फर्किने छन्। डडेल्धुराबाट प्रतिनिधि सभा उम्मेदवार बनेका देउवा आफ्नो क्षेत्रमा भने भोट माग्न अझै गएका छैनन्। उनले उम्मेदवारी पनि वारिसनामामार्फत दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस