हामीले नियमित पिएको पानीले थुप्रै रोगबाट बचाउँछ । त्यसैले, हाम्रो शरीरका लागि पानी अत्यावश्यक छ । शरीरमा पानी बढी वा कमी हुन सक्छ । यी दुवै अवस्था स्वास्थ्यका दृष्टिकोणले ठीक होइन । यद्यपि, शरीरमा पानीको कमी भएका अझ धेरै समस्या निम्तिन्छन्, जसलाई चिकित्सकीय भाषामा डिहाइड्रेसन भएको भनिन्छ । अब जानौँ, डिहाइड्रेसनले निम्त्याउने असरबारे :
-दिनभर टाउको दुख्नुका साथै टाउको भारी हुने समस्या भएमा त्यो पानी अभावको संकेत हुन सक्छ ।
-शरीरमा पानीको कमी भएमा मस्तिष्कलाई पर्याप्त मात्रामा ऊर्जा मिल्दैन । यस्तो अवस्थामा काम गर्दा मस्तिष्कमा बढी जोड दिनुपर्ने हुन्छ । जसले अत्यधिक थकाइ महसुस गराउँछ ।
-आँखामा सुक्खापन आउने समस्या भएमा यो पनि पानी अभावको कारणले हुन सक्छ ।
-पानीकै अभावमा आँखा सुन्निने, जलन हुनेलगायत समस्या देखा पर्छ ।
-शरीरमा पर्याप्त पानी नभएमा खाना राम्रोसँग नपच्ने समस्या हुन्छ । जसका कारण कब्जियत र एसिडिटीको समस्या निम्तिन्छ ।
-पानीको अभावले शरीरको छाला फुस्रो हुने समस्या हुन्छ ।
-यदि पिसाबको रङ पहेँलो, गाढा पहेँलो वा फिक्का भएमा पनि शरीरलाई पानी नपुगेको बुझ्नुपर्छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस