राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालन गर्ने भएको छ । महिलाको सुरक्षालाई ध्यानमा राखेर उपमहानगर आफँैले बस सञ्चालन गर्ने तयारी गरेको नगर प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिनुभयो ।
“चालू आर्थिक वर्षभित्रै ६ सुविधासम्पन्न बस सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो । उपमहानगरपालिका र त्यस आसपासका क्षेत्रमा महिलामैत्री बस सञ्चालन गरिनेछ । “महिला यात्रु मात्रै चढ्ने गरी बस सञ्चालनको तयारीमा छौँ । चालक र अन्य कर्मचारी पनि सकभर महिला नै राख्न खोजेका छौँ,” राणाले भन्नुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस