यस्तो रहयो एमाले माओवादीको राष्ट्रियसभाका सिटमा भागबण्डा

बुधबार, ०३ माघ २०७४, १६ : ५२
यस्तो रहयो एमाले माओवादीको राष्ट्रियसभाका सिटमा भागबण्डा

 काठमाडौं । एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रिय सभाको सीट बाँडफाँड टुंगो लगाएको छ । ४३ मध्ये एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा  आज बसेको वैठकले  दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले तयार पारेको प्रस्ताव दुवै पार्टीका अध्यक्षसँग परामर्श गरेर अन्तिम टुंगो लगाउने तयारी भएको छ ।

राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसाग पनि तालमेलपछि  निर्णय गरिने सुवास नेम्वाङले बताए ।
यस अघि सीट बाँडफाँडमा लिइएको ६० र ४० प्रतिशत र स्थानीय तहका जनमतलाई आधार मानेर सीट बाँडफाँड गरेको कार्यदलका सदस्य एवं एमाले नेता सुवास नेम्वाङले बताए ।

सरकारले माघ २४ गतेका लागि राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ । योसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ । राष्ट्रियसभामा ५६ सीटमा चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस