काठमाडौं । नेपाली सेनाले निजगढ दु्रतमार्गको बिषयमा नयाँ निर्णय लिएको छ । भारतीय कम्पनी आईएल एण्ड एफएसले दु्रतमार्गको (डिपीआर) विस्तृत परियोजना प्रतिवेदन तयार पारेको भए पनि अब सेनाकै कमाण्डमा नयाँ डिपिआर बनाउने सेनाले जनाएको छ । ‘डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिनेछ’ आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले जानकारी दिनुभयो ।
लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
तर, भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नु पर्ने शर्त राख्यो । शेरबहादुर देउवा सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै अध्ययन गर्न सेनालाई भनेको थियो ।
अध्ययनका क्रममा डीपीआर पूर्ण नपाइएको र प्रस्तावित मूल्यमा भारतीय कम्पनी सहमत नभएपछि सेनाले आफैं बनाउने निर्णय लिएको हो । भारतीय कम्पनीले मागेको मूल्य भन्दा कम रकममा नै नयाँ डीपीआर तयार हुने सेनाले बताएको छ ।
मूल्य मात्र नभई भारतीयकम्पनीले बनाएको डीपीआर हुबहू कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको सेनाले बताएको छ ।
विगमा एसियाली विकास बैंक (एडीबी)ले गरेको सम्भाव्यता अध्ययनका आधारमा छिट्टै डीपीआर बनाउनु पर्ने र टनेल बनाउँदा कान्तिलोकपथसँग नबाझिने गरी फेरबदल गर्नु पर्ने देखिएको सेनाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस