कानुन मन्त्री थापा भन्छन्,- 'प्रदेश प्रमुखको नियुक्ति पक्का, राजधानी निश्चित भइसकेको छैन'

मंगलबार, ०२ माघ २०७४, ११ : ४३
कानुन मन्त्री थापा भन्छन्,- 'प्रदेश प्रमुखको नियुक्ति पक्का, राजधानी निश्चित भइसकेको छैन'

काठमाडौं । सरकाले आज सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने भएको छ । आज बस्ने मन्त्रपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिए ।

संयोजक परियारका अनुसार आज बेलुका साढे ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बोलाइएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै प्रदेश प्रमुख तोक्न लागिएको कानुन मन्त्री यज्ञबहादुर थापाले जनाए । उनका आज प्रदेश प्रमुखको नियुक्ति पक्का भएपनि अस्थायी राजधानीका बारेमा भने निश्चित भइनसकेको बताए । उनले त्यसका लागि सहमतिको प्रयास जारी नै रहेकाले चार बजेसम्ममा सहमति जुटे राजधानी समेत तोकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस