भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ बालकले चर्चा कमाईरहेका छन् । जिटिभीबाट प्रसारण हुँदै आएको उक्त शोमा शनिबार इटहरीका बालक प्रितम आचार्यले जबरजस्त प्रस्तुती दिएका छन् । कश्मिरको पुलवामा भएको आतंककारी हमलापछि भारतीय सैनिकहरुको सम्मानमा शनिबार प्रसारण भएको कार्यक्रममा प्रितमले ‘रंग दे बसन्ती’ फिल्मको टाईटल गीत गाएका थिए । उक्त गीत पनि देशभक्तपुर्ण गीत रहेको थियो ।
एक पछि अर्काे गर्दे धमाकेदार प्रस्तुती दिएका प्रितमको आजको गायनमा पनि जुरीहरुले सय प्रतिशत नम्बर दिए ।
प्रितमको आजको प्रस्तुती पनि चार्टबस्टर पफर्मेन्स रह्यो । जजहरु सान , ऋचा शर्मा र अमाल मलिकले मुक्तकण्ठले प्रशंसा गरे भने कार्यक्रममा अतिथीकोरुपमा उपस्थित भएका गायक तथा संगितकार डब्बु मलिक भने प्रितमको प्रस्तुती देखेर दंगदास भएका थिए प्रितमको गायन देखेर उनी छक्क थिए । उनले पनि मन खोलेर प्रितमको प्रशंसा गरे । प्रितमले अडिसन राउण्डदेखि एक पछि अर्काे गर्दे उत्कृष्ट प्रस्तुती दिँदै आएका छन् । भारतमा यतिबेला देशभक्तीकै माहोल भईरहेको कारण प्रितमले यसअघि पनि गाएको गीत ‘सन्देशा आते है’ निकै चर्चामा रह्यो ।
उनले गाएको सो गीतको प्रशंसा बलिउडका चर्चित नायकहरुले पनि गरेका थिए । आजको कार्यक्रममा उनले सोही गीत थोरै दोहो¥याएर गाएका थिए । यस्तो माहोलमा प्रितमले आफनो आवाजबाट सकरात्मक र देशभक्तीपुर्ण सन्देश भारतीय जनताको मन र मस्तिष्कसम्म पु¥याउन सफल भईरहेका छन् । यसरी भारतीयहरुको समेत मन जित्दै नेपालका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् । आज आईतबार भने सिन्धुपाल्चोकका अर्का बालक आयुष केसीको प्रस्तुती प्रसारण हुनेछ ।
प्रतिक्रिया दिनुहोस