यात्रामा के गर्छन् बलिउडकर्मी ?

शनिबार, २५ फागुन २०७५, २० : ४०
यात्रामा के गर्छन् बलिउडकर्मी ?

आमिर खान
अभिनेता आमिर खाना यात्रामा शरीर र दिमागलाई भरपूर आराम दिन्छन्। लामो यात्रामा उनी मनग्गे सुत्छन्। सुत्दा अप्ठ्यारो नहोस् भनी उनी आफूसँग एउटा सिरानी राख्छन्। यात्रा गर्दा उनको साथमा सदा सिरानी देख्न सकिन्छ।

दीपिका पादुकोण
अभिनेत्री दीपिका पादुकोणलाई फिल्म हेर्न असाध्यै मन पर्छ। उनी फिल्मकी सोखिन हुन्। फिल्ममा अभिनय गर्न व्यस्त उनले हेर्न भने खासै भ्याउँदिनन्। उनले आफ्नो फिल्म हेर्ने सोख यात्रामा पूरा गर्छिन्। उनी आफूलाई मन परेका बलिउड र हलिउड फिल्म ल्याटपटमा डाउनलोड गरिराख्छिन् र यात्रामा हेर्छिन्।

सैफ अली खान
अभिनेता सैफ अली खानलाई पढ्न खूब मन पर्छ। यसो त अघिपछि पनि उनी फुर्सदमा पढिराख्छन्। लामो यात्रामा उनलाई आफ्नो सोख पूरा गर्ने समय झनै पाउँछन्। धेरै पढेपछि केही बेर फ्रेस हुन भिडियो गेम खेल्ने गर्छन्। तर, एकछिन पछि उनी फेरि किताबमा घोत्लिन थाल्छन्।

सोनु निगम
गायक सोनु निगम यात्रालाई कलाकारको जीवनको अहम् हिस्सा मान्छन्। उनी सांगीतिक प्रस्तुतिका लागि एक ठाउँबाट अर्को ठाउँमा गइरहन्छन्। यात्रामा आफूले प्रशस्त समय पाउने भएकाले त्यसलाई रियाज गर्ने समयका रूपमा उनी लिन्छन्। यात्रामा उनी संगीतको अभ्यास गर्छन्।

अनुपम खेर
अभिनेता अनुपम खेर यात्रालाई आरामदायी स्थिति भन्न रुचाउँछन्। उनी यात्राको पूर्ण आनन्द लिन्छन्। त्यतिखेर उनी फिल्मका स्क्रिप्ट पढ्छन्। कसैले बाधा नपु¥याउने भएकाले उनी स्क्रिप्ट पढ्दै यात्रा गर्छन्। सम्पूर्णबाट 

प्रतिक्रिया दिनुहोस