नेपथ्य ब्यान्डले दुबईमा कन्सर्ट गर्ने भएको छ । कन्सर्ट मार्च १५ मा दुबईको अल नासर लेजर ल्यान्डमा आयोजना गरिने बताइएको छ । ब्यान्डका प्रमुख गायक अमृत गुरुङले दुबई कन्सर्टमा श्रोता/दर्शकलाई नचाउने खालका रमाइला गीत प्रस्तुत गर्ने बताएका छन् ।
घरपरिवारबाट टाढा रही दुबईमा कार्यरत नेपाली युवालाई नेपालीपनको स्वादमै रमाउन सो कन्सर्ट प्रभावकारी हुने विश्वास आयोजक मोहन लिम्बूको छ ।
‘दुबई फेरि नेपथ्यलाई स्वागत गर्न तयार छ,’ दोस्रोपटक दुबईमा हुन लागेको नेपथ्यको कन्सर्टबारे उनी भन्छन्, ‘गीत–संगीतका माध्यमबाट श्रोता÷दर्शकलाई खुसी पार्न कुनै कसर बाँकी राखिनेछैन ।’ कन्सर्टमा गायक अमृतलाई सधैँझै ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस