एजेन्सी । अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट हाल प्रेममा छन् । उनीहरू चाँडै नै वैवाहिक बन्धनमा बाँधिने समाचारले अहिले बलिउड तातेको छ । भारतीय मिडियाका अनुसार अमेरिकामा उपचार गरिरहेका रणवीरका बाबु ऋषि कपुर लगभग ठीक भइसकेका छन् । रणवीरकी आमा नीतुले आफूहरू अब चाँडै नै भारत फर्किने जानकारी सामाजिक सञ्जालबाट दिएकी छिन् । खबर यो पनि छ कि ऋषि भारत आएर सबैभन्दा पहिले रणवीर र आलियाको विवाह गराउनेछन् ।
रणवीर–आलियाको विवाहलाई लिएर उनीहरूको परिवारबाट आधिकारिक रूपमा कुनै घोषणा त आइसकेको छैन, तर खबरअनुसार रणवीरले विवाहको तयारी पनि सुरु गरिसकेका छन् । मुम्बई मिररको रिपोर्टअनुसार रणवीर र आलियाले न्युयोर्कमा घर किन्ने योजना पनि बनाइरहेका छन् ।
घरको जिम्मेवारी आमा नीतुले उठाएको बताइएको छ । उनी न्युयोर्कमा आफ्ना छोरा र बुहारीका लागि भनेर घर खोजिरहेकी छिन् । आलिया र रणवीर पनि प्रायः न्युयोर्क गइरहन्छन् । दुवैलाई त्यो सहर खुब मन पर्छ । खबर यो पनि छ कि आलिया र रणवीर विवाहपछि न्युयोर्कमै सेटल हुनेछन् ।
आलिया र रणवीरलाई लिएर आएको विवाहको खबरअनुसार बाबु ऋषि मुम्बई आएपछि कपुर र भट्ट परिवारले पण्डितसँग भेट्नेछन् र विवाहको मिति तय गर्नेछन् । विवाहको मिति अप्रिलमा निकाल्ने कोसिस भइरहेको बताइएको छ । करण जौहरले पनि आलियालाई रणवीरसँग चाँडै विवाह गर्न सल्लाह दिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ फागुन २०७५, १७ : १४
लेखकबाट थप