विशाल–एन्जिलाको ‘माया झ्याईँ–झ्याईँ’ यसरी मर्काइन् अन्जलीले कम्मर

सफल खबर संवाददाता

विहीबार, २३ फागुन २०७५, १८ : १३
विशाल–एन्जिलाको ‘माया झ्याईँ–झ्याईँ’ यसरी मर्काइन् अन्जलीले कम्मर

काठमाडौं । गायक विशाल निरौला र गायिका एन्जिला रेग्मीको युगल स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘माया झयाईँ–झ्याईँ’को बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो । 
सिता राणाको शब्द रहेको गीतमा शिशिर श्रेष्ठले संगीत भरेका छन् । एरेन्ज गायक निरौलाकै छ । गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल अन्जली अधिकारीको नृत्य छ । अन्जलीको जोडी शिशिर छन् । ज्ञानेन्द्र शर्माको छायांकन, अमृत चापागाईको सम्पादन रहेको भिडियोको कोरियोग्राफी राजिव समरको हो । भिडियो निर्देशन निश्चल केसीले गरेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस