विज्ञान स्याङ्बोको 'अप्सरा' सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २३ फागुन २०७५, १७ : ५६
विज्ञान स्याङ्बोको 'अप्सरा' सार्वजनिक

काठमाडौं । प्रयास गरेर कामको सुरुवात गर्नु नै ठूलो कुरा हो । सफल हुने र नहुने त केहि समयको प्रतीक्षा पछि  अवश्य थाहा हुन्छ । केही गर्न चाहे अवसर र प्लाट्फर्म उपलब्ध आजको समयमा गीत संगीतमा पनि दिनानुदिन नयाँ कलाकारहरुको आगमन भै रहेको छ । कति  क्षेत्रमा  टिक्छ्न त कति हराउछन । 

 नव गायक विज्ञान स्याङ्बोले  आफ्नो पहिलो गीत "अप्सरा " सार्वजनिक गरेका छन । गीत संगीतका माध्यम बाट नेम एन्ड फेम कमाउने सपना बोकेका यी गायकले स्रोता, दर्शक र मिडिया हाउसको राम्रो रेस्पोन्स पाउने अपेक्षा गरेका छन । 

यस गीतमा उनको एकल स्वर, शब्द र संगीत रहेको छ भने गीतको एरेन्ज्मेन्ट बिनय केटुले गरेका हुन । म्युजिक भिडियोमा बेस्त जोडी सुनिल  क्षेत्री र एलिशा शर्माको साथमा नेपाली ठिटोस ग्रुपको अभिनय  भिडियोमा देख्न सकिन्छ । ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन । सुनिल क्षेत्री को कन्सेप्ट तथा निर्देशनमा गीतको भिडियो तयार भएको हो ।
भिडियो तल नखुलेमा यसमा क्लिक गर्नुहोस्,
https://www.youtube.com/watch?v=deIlVuO-wnI&feature=player_embedded

 

प्रतिक्रिया दिनुहोस