छुटेको छैन प्रेम

पत्रपत्रिकाबाट

बुधबार, २२ फागुन २०७५, ०७ : ४०
छुटेको छैन प्रेम

अभिनेत्री जिजी हडिड र गायक जेन मलिकको प्रेम र ब्रेकअपको खबरले हलिउड यतिबेला दोधारमा छ। उनीहरू घरी छुट्टिएको खबर आउँछ, घरी जोडिएको। 

दुई हप्तादेखि दुईबीच ब्रेकअप भएको खबर चर्चामा थियो तर यतिबेला जिजी जेनको अपार्टमेन्टमा देखिएको र दुवैबीच पूर्ववत सम्बन्ध रहेको चर्चा बाहिरिएको छ।

जिजीलाई केही पापाराजीले जेनको अपार्टमेन्टबाट निस्कँदै गरेको देखेका थिए। ‘यूएस विक्ली’ म्यागजिनका अनुसार जिजी जेनसँगको सम्बन्ध बचाउन हरसम्भव प्रयास गरिरहेकी छिन्। यसका लागि उनले आफ्नो काम र साथीलाई कम समय दिएर पनि जेनका लागि समय निकालिरहेकी छिन्। 

जिजी र जेन सन् १०१५ देखि अफेयरमा छन्। तर, २०१८ को मार्चमा दुवै अलग भएको खबर आएका थिए। तर, त्यसको एक हप्ता नबित्दै दुवैलाई न्युयोर्कको सडकमा चुम्बन गर्दै गरेको देखिएको थियो। छुट्न हो कि जोडिन, यो जोडीलाई कम्ता साह्रो परेको छैन। सम्पूर्ण

प्रतिक्रिया दिनुहोस