पूर्वमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, १८ : ०८
पूर्वमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै

काठमाडौं । नेकपाका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । अचेत अवस्थामा रहेका  उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका अधिकारीको अवस्था जटिल बनेपछि बिहिबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको हो । ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ।

उनलाई वरिष्ठ छातीरोग विशेषज्ञ डा. अर्जुन कार्कीको टिमले उपचार गरिरहेको छ । अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस