काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्टलाई मन्त्रिपरिषद्ले निर्णय गरेर सेवा सुविधा दिँदै आएकाले कानून बनाउन लागेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अहिले मन्त्रिमन्त्रिपरिषद्ले निर्णय गरेर पटक-पटक पूर्वविशिष्टलाई सुविधा दिँदै आएको बताए।
उनले भने, ‘सरकारले राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस्, सार्वजनिक पदहरूको मर्यादा र गरिमा वृद्धि होस्, र नागरिक स्वीकार्यता सन्तुलन होस् भन्नेमा सचेत छ।’
उनले सरकारले कानून बनाउने लागेको भन्दै विधेयक सदनमा पेस गरेपछि अन्तिम निर्णय सदनबाटै हुने बताए।पूर्वविशिष्टलाई सेवा बढाउने कि घटाउने भन्ने सदनबाटै निर्णय हुने भन्दै सरकारको धारणा सदनलाई बलियो बनाउनेतिर रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ चैत्र २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’: गृहमन्त्री लेखक
यातायात व्यवसायीको भूमिका अतुलनीय : गृहमन्त्री लेखक
गृहमन्त्रीको आग्रह- हिन्दू धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगरौं
गृहमन्त्रीले भेटे कोटेश्वरमा प्रहरीको गोली लागेकी रेविकालाई
गृहमन्त्रीद्वारा नेकपा एसको कार्यालय निरीक्षण
तीनकुने क्षेत्रको अनुगमनमा गृहमन्त्री लेखक