काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन् ।
आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडक भन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् ।
यसका लागि प्रारम्भिक छलफल समेत सुरु भइसकेको उनले दाबी गरे । उनले दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससंग बढी छलफल हुने जिकिर गरे । सांसद दाहालले अबको सहकार्य गणतन्त्र विरोधीसँग नहुने र गणतन्त्र पक्षधर एकठाउँमा उभिएर सहकार्य हुने धारणा राखे ।
उनले वर्तमान सरकारका कारण निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ चैत्र २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समस्या सडकमा होइन सरकारमा छ : सांसद दाहाल
माओवादी सांसदको दाबी– सर्वोच्चले प्रधानमन्त्रीको गैरकानूनी नियुक्ति खारेज गर्छ
बेचन झा को हो बालकोट र बूढानीलकण्ठलाई थाहा छ : लेखनाथ दाहाल