देउवाले के भने निर्मलाका परिवारलाई ?

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, १३ : ५९
देउवाले के भने निर्मलाका परिवारलाई ?

कञ्चनपुर ।  नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेट्नुभएको छ । निर्मलाको परिवारलाई भेटेर देउवाले न्यायको लागि निरन्तर खबरदारी गर्ने बताउनुभयो । सभापति देउवाले निर्मलाका आमा र दिदीलाई भेटेर न्यायको लागि सिङ्गो पार्टी लाग्ने बताउनुभयो । 
बिहीबार धनगढी हुँदै कञ्चनपुर पुगेका देउवाले आज निर्मलाको घरमै पुगेर निर्मलाकी आमा र दिदीसँग भेटघाट गर्नुभएको हो । भेटका क्रममा देउवाले निर्मलालाई न्याय दिलाउन परिवारको मात्रै दायित्व नभएको भन्दै लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्णले निर्मलालाई न्याय दिलाउन लाग्नु पर्ने बताउनुभयो ।
उहाँले निर्मलालाई न्याय दिलाउन र अपराधी पत्ता लगाउन आफू र आफ्नौ पार्टी कटिबद्ध भएर लागिपर्ने बताउनुभयो । कञ्चनपुर उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव उद्घाटनका लागि देउवा कञ्चनपुर पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस