मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, १२ : ५९
मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा

पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ । 

काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा विमानस्थलमा ल्याइएको हो । शव ल्याउने भएपछि उहाँका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका छन् । 

उहाँको शवलाई नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ । श्रद्धाञ्जलिपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस