क्यान इन्फोटेकमा नृत्य प्रतियोगिता, आयोजक बन्यो हाँसोको विषय

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, १७ : २४
क्यान इन्फोटेकमा नृत्य प्रतियोगिता, आयोजक बन्यो हाँसोको विषय

चितवन । भरतपुरमा सूचना प्रविधि सम्बन्धी मेला क्यान इन्फोटेकको तेस्रो दिन स्कुल स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

सूचना प्रविधिसँग कुनै साइनो नरहेको नृत्य प्रतियोगिताको आयोजनाले आयोजक संस्था कम्प्युटर एसोसिएसन अफ नेपालको चितवन शाखा हाँसोको विषय बनेको छ ।

विद्यालयस्तरीय प्रतियोगितामा ५ वटा प्रतियोगी र ४ वटा अप्रतियोगी नृत्य प्रस्तुत भएका थिए । प्रतियोगितामा बालकुमारी इंग्लिस स्कुलका छात्र राकेश बीसी पहिलो भएका छन् ।

प्रतिक्रिया दिनुहोस