कम्युनिस्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउँदैछौँ : विप्लव

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०८१, १६ : २९
कम्युनिस्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउँदैछौँ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताएका छन् ।

शनिबार ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै चन्दले अहिले आफूहरू नेपालको समग्र कम्युनिस्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने कोसिसमा रहेको जिकिर गरे ।

उनले भने, ‘हामी नेपालको होल कम्युनिस्ट मुभमेण्टलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन त ? भन्नेमा पनि सोचिरहेका छौँ । माओवादीलाई एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिस्ट मुभमेण्टलाई नयाँ अवधारणामा, रूपान्तरणसहित २००६ साल जस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ ।

महासचिव चन्दले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ अवधारणामा रूपान्तरण गर्ने गरी अघि बढिरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस