उद्योग वाणिज्य संघ नवलपरासी घोषणा

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, १५ : १०
उद्योग वाणिज्य संघ नवलपरासी घोषणा

नवलपरासी । उद्योग वाणिज्य संघ (वर्दघाट–सुस्ता पूर्व) नवलपरासी जिल्ला संघ घोषणा गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आज उद्योग वाणिज्य संघ नवलपरासी घोषणा गर्नुभएको हो । 
कार्यक्रममा प्रमुख अतिथि रहनुभएको राणाले भन्नुभयो, ‘नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिको मिति २०७४ फागुन २ गतेको निर्णय र २०७४ फागुन ६ गतेको पत्रअनुसार उद्योग वाणिज्य संघ संघ–गैंडाकोटबाट नगर संघबाट स्तरोनती भई जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) भएको घोषणा गर्दछु ।’
घोषणा कार्यक्रममा उहाँले सरकारले निजी क्षेत्रलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘गैंडाकोट उद्योग वाणिज्य संघ नगर संघबाट जिल्ला संघ भइसकेपछि यसको अझ उन्नति र प्रगति हुनेछ ।’ 
उहाँले स्थानीयदेखि केन्द्रसम्म रहेका तीन वटा सरकारले निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले लगानीमैत्री वातावरण बनाएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘देशको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ ।’

घोषणा कार्यक्रममा अध्यक्षता गर्नुभएका उवासंघ गैंडोकाट अध्यक्ष अमृत भट्टचनले गैंडाकोटलगायत समग्र नवलपरासीलाई आर्थिक हबको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो क्षेत्रलाई धार्मिक एवम् पर्यटन क्षेत्रको गन्तव्य बनाउन सकिन्छ ।’
कार्यक्रममा संघको चौंथो साधारण सभा तथा भवनको समेत शिलान्यास गरिएको थियो । संघको गैंडाकोट ४ मा भवन निर्माण हुन लागेको हो । चौथो वार्षिक साधारण सभा भवन शिलान्यास एवम् जिल्ला संघ घोषणा कार्यक्रममा महासचिवको प्रतिवेदन छविलाल कँडेल, कोषाध्यक्षको प्रतिवदेन शालिकराम सापकोटाले प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ण उपाध्यक्ष दीपक सापकोटाले दिनुभएको थियो । २०६८ साल भदौ ३ गते बनेको गैंडाकोट उवासंघ अब विधिवत् रुपमा जिल्ला संघ बनेको छ । 

प्रतिक्रिया दिनुहोस