आफ्नै पार्टी भातृसंगठनको दबाबमा पर्दै प्रधानमन्त्री देउवा !

शुक्रबार, २८ पुस २०७४, १६ : ५५
आफ्नै पार्टी भातृसंगठनको दबाबमा पर्दै प्रधानमन्त्री देउवा !

काठमाडौं । नेपाल विद्यार्थी संघले तत्काल आफ्ना माग सम्बोधन हुनुपर्ने माग गर्दै मुलुकभरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
गत सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ७२ घण्टाभित्र माग सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको संघले शुक्रबार सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाई सरकारको पुनः ध्यानाकर्षण गराएको हो ।

आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध आन्दोलनमा उत्रने तयारी गरेको नेविसंघले नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य वीमा, वेरोजगार भत्ता,उच्च शिक्षामा सबैको पहुँच पुर्याउन प्रमाणपत्र धितो राखेर सहुलियत ऋणको व्यवस्था, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था, देशभरका सबै शैक्षिक संस्थाहरुमा इ–लाईब्रेरीको व्यवस्था गर्नुपर्ने लगायत ७ बुँदे माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस