चिलको कारण पोखरामा प्याराग्लाइडिङ दुर्घटना

सफल खबर संवाददाता

सोमबार, २१ माघ २०७५, २० : ३४
चिलको कारण पोखरामा प्याराग्लाइडिङ दुर्घटना

file photo

पोखरा । पोखरामा सोमबार उडिरहेको प्याराग्लाइडरभित्र चिल पस्दा  दुर्घटनामा  परेको छ । महानगरपालिका – १८ सराङ्कोटबाट उडेको ग्लाइडरमा  चिल पसेपछि अनियन्त्रित भएको थियो ।
ग्लाइडरमा उडिरहेका ट्यान्डम पाइलट पोखरा – ६ जरेबर बस्ने २९ वर्षीय विजय दाहालले प्याराग्लाइडरभित्र चिल पस्दा अनियन्त्रित भएपछी रेस्क्यु (प्यारासुट) खोलेर आफ्नो ज्यान बचाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस