बाम गठबन्धनको संयुक्त कार्यदलको बैठक आज

शुक्रबार, २८ पुस २०७४, ११ : ४८
बाम गठबन्धनको संयुक्त कार्यदलको बैठक आज

काठमाडौं । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनमा साझा धारणा बनाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक आज बस्दैछ । उक्त बैठक शुक्रबार बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ ।

कार्यदल सदस्य सुवास नेम्वाङले कार्यदलले प्रदेशसभा र स्थानीय तहमा प्राप्त गरेको सिट संख्या, पार्टी एकताको स्पिरिट, उम्मेदवारको क्षमता लगायतलाई आधार मानेर समान धारणा तय गर्ने बताए ।

उक्त बैठकमा कसरी सिट भागबण्डा गर्ने भन्नका लागि कार्यदल छलफलमा जुट्न लागेको बताइएको छ । कार्यदलमा एमालेका तर्फबाट नेता नेम्वाङसहित शंकर पोख्रेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस