सुस्मिता बनिन् ट्रोलको सिकार

शनिबार, १९ माघ २०७५, २० : ०६
सुस्मिता बनिन् ट्रोलको सिकार

बलिउड अभिनेत्री सुस्मिता सेन आफ्नो १६ वर्ष कान्छा प्रेमी रोहमन सालसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छिन् । तस्बिर साथै आफ्नो धारणहरू पनि सामाजिक सञ्जालमा राखिरहन्छिन् । अहिले भने उनको फरक ढंगले चर्चा भइरहेको छ ।

सुस्मिताले बुधबार आफ्नो अफिसियल ट्विटर एकाउन्टमा लेखेकी थिइन्, ‘म तिमीलाई यति प्रेम गर्छु कि यस नातामा म सरकारलाई पनि सामेल गराउन गइरहेको छु । जसका कारण तिमी छाडेर जान सक्दैनौ ।’ उनको यस्तो अभिव्यक्तिले उनी सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् ।

    सुस्मिताले बुधबार आफ्नो अफिसियल ट्विटर एकाउन्टमा लेखेकी थिइन्, ‘म तिमीलाई यति प्रेम गर्छु
    कि यस नातामा म सरकारलाई पनि सामेल गराउन गइरहेको छु । जसका कारण तिमी छाडेर जान सक्दैनौ ।’

उनको पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले भद्दा कमेन्ट गर्न सुरु गरेका थिए । एक प्रयोगकर्ताले उनलाई मजाक बनाउँदै लेखेका छन्, ‘तपाईं यो भन्न चाहनुहुन्छ कि हामी जनावर बनौँ र तपाईं जसरी बोलौँ ।’ अर्काले लेखेका छन्, ‘यो पोस्ट सेयर गर्दा तिमी नशामा थियौ ।’ यसका साथै अन्य प्रयोगकर्ताले पनि भद्दा कमेन्ट गरेका छन् ।

सुस्मिता अचेल प्रायजसो सार्वजनिक कार्यक्रममा रोहमनसँग देखिन्छिन् । उनले इन्स्टाग्राममा रोहमनसँगको केही तस्बिर पिन सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस