गायिका कला पंगेनीले पाइन एपिक म्यूजिक अवार्ड

सफल खबर संवाददाता

आइतबार, ०६ माघ २०७५, १८ : १२
गायिका कला पंगेनीले पाइन एपिक म्यूजिक अवार्ड

काठमाडौं । ‘कला र गलाको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराको साथ सम्पन्न एपिक नेपाल म्युजिक अवार्ड २०७५ मा लोक तथा दोहोरी गायिका कला पंगेनीले अवार्ड हात पार्न सफल भएकी छीन् । गीतकार एवं संचारकर्र्मी दुर्गा पंगेनीको शब्द सृजना तथा लोकप्रिय गायक पशुपति शर्मा र गायिका कला पंगेनीको आवाजमा रहेको “जोगाउनुछ कालापानी” बोलको गीतले एपिक नेपाल म्यूजिक अवार्ड २०७५ को राष्ट्रिय भाव अन्तर्गतको विधामा अवार्ड हात पार्न सफल भएको छ । उक्त गीतले राष्ट्रिय भाव बोक्नुका साथै बाध्यतावस विदेशिन बाध्य नेपालीहरुको कथा व्यथालाई गीत मार्फत प्रस्तुत गर्न खोजेको छ ।

‘जोगाउनुछ कालापानी’ गीतमार्फत अवार्ड प्राप्त गर्दा अत्यन्त खुशी लागेको छ र यो खुशी मेरो मात्र नभएर सम्पूर्ण टीमकै खुशी भएको बताउंदै सो अवार्ड प्राप्त गर्नको लागि दर्शक तथा स्रोताहरुको पनि ठूलो हात रहेको गायिका कला पंगेनीले बताएकी छन् ।

सर्वाधिक ६६ विधामा पर्न सफल हुनेहरुलाई आज एक समारोहकाबीच अवार्ड वितरण गरिएको छ । ठमेलस्थित छाया सेन्टरमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थिती रहेको थियो । कुल ६६ विधामा प्रदान गरिने अवार्डमा नेपाली सुगम सङ्गीतका धरोहर भजन सिरोमणि भक्तराज आचार्य र वरिष्ठ लोकगायक कुमार बस्नेतलाई नगदसहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस