चितवन । नायकद्वय अनमोल केसी र प्रदीप खड्का नेपाली सिने क्षेत्रका चलेका नायक हुन् । यी दुई नायकलाई टक्कर दिने अर्का नायक नेपाली सिनेमा उद्योगमा प्रवेश गरेको दर्शकहरुले महशुस गरेका छन् । उनी हुन् चितवन निवासी आशिष पिया । चर्चित लेखक सुविन भट्टराइको बहुचर्चित पुस्तक ‘समर लभ’मा आधारित यस चलचित्रबाट उनले डेब्यू गरेका हुन् । युवा पुस्तामा अत्याधिक सफल मानिएको यो पुस्तकका चर्चित पात्र ‘साया र अतित’को भूमिकामा आशिष पिया र रेवती क्षेत्रीलाई देखाईको छ । ३ वर्षअघि कामको शिलशिलामा काठमाडौं पुगेका आशिषलाई चलचित्र ‘समर लभ’ को अफर आएको थियो । टीभीसी र पेपर एडमा प्रस्तुत भैसकेका मोडल आशिष पियाले चलचित्रमा ‘अतित’को भूमिका निभाएका छन् । ‘समर लभ’ उपन्यासको लोकप्रियता, आशिषको चकलेटी लुक्स र टेलरमा देखिएको बोल्ड क्यारेक्टरले गर्दा चलचित्रले राम्रो उचाई लिने देखिन्छ । “सबै दर्शकले अतीत भनेर माया दिनु भएको छ“ उनले भने,“३ वर्ष मिहिनेत गरेर फिल्म बनेको छ । कामको मूल्यङकन पक्कै हुनेछ ।“
अतितको भूमिकामा चलचित्रमा काम गर्न पाएकोमा आफुलाई भाग्यमानी ठानेको उनी बताउँछन् । रमाईलो कुरा त के छ भने फिल्म निर्माणको पक्का भएको १६ महिनापछि मात्रै नायिकाको टुङ्गो लागेको थियो । उनी हुन् नेपाली मूलकी भारतीय नायिका रेवती क्षेत्री ।
सन् २०१६ की मिस यूनिभर्सिटी रेवती मिस इन्टरनेसनल भारतकी उपाधि विजेता रेवतीले यस फिल्ममा अभिनय गरेका कारण पनि चलचित्रको यतिबेला चर्चा भइरहेको छ । उनले सन् २०१५ को ‘फेमिना मिस इन्डिया’को टप टेनमा पुगेर २ वटा टाइटल पनि जितिसकेकी छिन् ।
उनले ‘ग्याङ्स अफ नर्थवेष्ट’ नामक भारतीय चलचित्रमा काम गरिसकेकी छिन् भने ‘खातुन’ नामक चलचित्रमा काम गर्दै्छिन् । रेवतीको बोलीमा भारतीय टोन आउने भएपनि पछिल्लो समय चलचित्रमा काम, मिडियामा अन्तरवार्ताले उनीको टोनमा सुधार आएको छ ।
चलचित्रको सिक्कवेल आउने सम्भावना बढी भएकाले दुबै कलाकार दोहोरीने सम्भावना छ । यही माघ २५ गते रिलिज हुन लागेको चलचित्रल सफल हुन्छ कि हुँदैन भन्ने प्रतिक्षाको विषय हो ।
नाइटिंगेल इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । जसले यसअगाडि, चलचित्र ‘नाई नभन्नु ल ३’ निर्देशन गरिसकेका छन् । भरत शर्मा, सपन सरकार, इन्दु भण्डारी र मनु विकले यसमा लगानी गर्नेछन् । सुविन भट्टराइको कथा रहेको चलचित्रमा सामिप्यराज तिमिल्सिनाले पटकथा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस