इन्स्टाको फोटो युटयुव ट्रेनिङगको १ नम्बरमा

सफल खबर संवाददाता

शनिबार, ०५ माघ २०७५, १९ : ००
इन्स्टाको फोटो युटयुव ट्रेनिङगको १ नम्बरमा

काठमाडौं । काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत 'इन्स्टाको फोटो' युटयुवको ट्रेनिङगमा आएको छ । गत पुष ३० गते  'जी 21 डिजिटल'को अफिसियल युट्युब च्यानल मार्फत  सार्वजनिक गरिएको उक्त गीत एक हप्तामै युट्युवको ट्रेनिङगमा पुगेको हो । समाचार तयार पार्दासम्म यो भिडयोको युटयुवमा १२ लाख ३ हाजर ६ सय ७६ भ्युज रहेको छ । 

गीतमा नायक आसिफ शाहको साथमा पछिल्लो समय टिकटकबाट निकै मन पराइएकी रेश्मा घिमिरेलाई पनि देख्न सकिन्छ । हरि हुमागाईले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भि.यफ.यक्सको काम गरेका छन् । भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस