समाजवादी सत्ताको मोडेलका रुपमा रुकुमलाई विकास गर्ने सपना छ : शर्मा

विहीबार, २३ कार्तिक २०७४, ११ : ३५
समाजवादी सत्ताको मोडेलका रुपमा रुकुमलाई विकास गर्ने सपना छ  : शर्मा


काठमाडौँ । प्रतिनिधि सभा पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्माले समृद्ध रुकुम निर्माणका लागि वामगठबन्धनको जित अपरिहार्य भएको बताएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका खोलागाउमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेता शर्माले भने –‘रुकुम संसारका मुक्तिकामी श्रमजीवी जनताको आस्थाको केन्द्र हो यसलाई समाजवादी सत्ताको मोडेलका रुपमा रुकुमलाई विकास गर्ने मेरो सपना छ ।’

रुकुम प्राकृतिक श्रोत साधन र मानव श्रमका दृष्टिले धनी भएको बताउँदै उनले यसको परिचालन गरि रुकुमलाई आधुनिक विकास र समृद्धिको मोडेल बनाउन सम्भव भएको बताउदै उनले आफु चुनावी आश्वासन बाँड्न गाँउ नपसेको जनताको समृद्धिको सपना पुरा गर्ने संकल्प गर्न आएको बताए । अघिल्ला चुनाववाट निर्वा्चित भएपछि आफुले संविधान निर्माणको कामसँगै जिल्लाको विकासको जग हालेको वताउदै अब पुरै समय विकास र समृद्धिको योजना कार्यन्वयनमा खर्चिने उनको भनाई छ ।

शर्माले आफनो पहलमा चौरजहारी वजारमा राष्ट्रिय प्रशारण लाईनको विद्युत आईपुगेको बताउँदै ६ महिनाभित्र खोलागाँउ नुवाकोटसम्म विद्युत लाईन पुर्याउने र १ वर्ष भित्र नगरपालिकाका सबै घरमा विजुली बाल्ने बताए । त्यसैगरी चौरजहारी नगरपालिकाको मेरुदण्डको रुपमा रहेको झुलनेटा–चौरजहारी सडक र सल्लीवजार–चौरजहारी सडकको स्त्तरोन्नती गरि कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे । जहारी खोला करिडोर कृषि उपजको उर्वरभुमि भएको बताउँदै शर्माले कृषिको व्यवसायीकरण र आधुनिकिकरण गरेर वेरोजगारीको अन्त्य गर्ने बताए । उनले ५ वर्ष्भित्र सवै घरधुरीमा एक घर एक धाराको नीति कार्यान्वयन गर्ने, चौफा वजारलाई नमुना वजार निर्माण गर्ने, कृषि क्याम्पसलाई स्तरवृद्धि गर्ने, खोलागाँउमा टेलीफोन टावर र ईन्टरनेट सेवा उपलब्ध गराउने पनि प्रतिवद्धता व्यक्त गरे ।  

उनले आसन्न निर्वाचन पछि राज्यको तिन वटै तहमा वामपन्थी सरकार हुने बताउँदै सबै तहका सरकार युद्धस्तरमा मुलुकको विकास र समृद्धिमा लाग्ने पनि बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्माले अव मुलुकमा एउटै कम्युनिष्ट केन्द्र बन्ने दाबी गरे । समृद्ध समाजवादी राष्ट्र निर्माणका लागि आफुहरु कम्युनिष्ट केन्द्र निर्माण गर्न अघि वढेको वताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका अर्का प्रमुख नेता तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरवहादुर केसीले रुकुममा गठवन्धनले देशभरकै ठुलो मतान्तरमा जीत हाँशील गर्ने दावी गरे ।

चौरजहारी नगरपालिकाको खोलागाँउमा सम्पन्न यो कार्यक्रम पश्चिम रुकुममा वामगठबन्धनको यो चौथो चुनावी सभा हो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस