काठमाडौँ । शिल्पा पोखरेल, अभिनयको कारणले भन्दा पनि निर्माता छवि ओझासँगको सम्बन्धका कारण बढी चर्चामा आउने अभिनेत्री हुन् । विवाह गरेर पनि छैन भन्दै गसिप बजारमा छाउने गरेकी उनको अभिनय यात्रा भने हरेक पटक आरालोतिर दौडिरेहेको छ ।
क्याम्पमा रमाएर बसेकी उनको फिल्म कहिले हलमा लाग्यो र कहिले उत्रियो भने पत्तै नहुने अवस्था आइसक्यो । गत हप्ता प्रदर्शनमा आएको फिल्म ‘भिलेन’कै अवस्था हेरौं न ! यो फिल्म कहिले हलको पर्दामा चढ्यो र कहिले उत्रियो दर्शकले पत्तै पाएनन् ।
यो फिल्म पनि नचले करियर धरापमा छ भन्ने चाल पाएरै हुनुपर्छ शिल्पाले गर्नुसम्मको मिहेनत गरेकी नै हुन् प्रमोशनमा । फिल्मका अकाए नायक निखिल उप्रेती र निशा अधिकारी मस्त आराममा रहँदा उनी एक्लै भए पनि दौडधुपमा लागेकी थिइन् ।
लुसुक्क बिहे भइसकेको खुलासापछि फिल्म रिलिजको समयमा हुने ‘अब छवीजीसँग बिहे गर्छु’टाइपका गसिप हराइहाले । केही पत्रकारले हल्का प्रोमोशनमा सकारात्मक पहल गरिदिएका भने थिए तर न सकारात्मक पहलले काम गर्यो न उनको दौडधुपले । फिल्म पर्दामा टिक्दै टिकेन । कठै !
- शुक्रबार गसिपबाट
प्रतिक्रिया दिनुहोस