बलिउडका नायक तथा नायिकाकाे प्रेम सम्बन्धले खुबै चर्चा पाईरहेका हुन्छन। यतिबेला प्रेम सम्बन्धका कारण अर्जुन कपुर र मलाइका अराेरा पनि चर्चामा छन् ।
उनीहरुबीचकाे उमेर अन्तरकाे कारणले चर्चाकाे शिखरमा पुग्न सफल भएका हुन ।उमेरमा मलाइका अर्जुनभन्दा जेठी छिन् ।
सलमान खानका दाई अरबाज खानसंग डिभोर्स भएलगत्तै यी दुईको प्रेम खुलेआम देखिएको हो । तर यी दुबै जनाले अहिलेसम्म आफनो प्रेम भने स्वीकार गरिसकेको अवस्था छैन । यता अर्जुनको परिवार भने उनीहरुको सम्बन्धलाई लिएर २ भागमा विभाजित छन । अनिल कपुर , सञ्जय कपुर , श्रीदेवीका छोरीहरु र बुवा बोनी कपुर पनि यतिबेला उनीहरुको सम्बन्धका लागि राजी बनिसकेका छन् तर अर्जुनको आफनै बहिनी र सोनम कपुर भने उनीहरुको सम्बन्धबाट खुसी छैनन् । सोनम अर्जुन र मलाइकाको सम्बन्ध बिवाहमा परिणत नहोस भन्ने चाहान्छिन् । किनकी सोनम र मलाइकाबीचको सम्बन्ध पहिलेबाट नै राम्राे छैन । एक पार्टीमा रक्सीको नशामा टिल्ल परेकी मलाइका लड्न खोज्दा सोनमले सम्हालेकी थिईन तर आक्रोसित मलाइकाले सोनमलाई तथानाम गाली गरेपछि उनीहरुको सम्बन्ध अहिले पनि राम्रो छैन ।त्यसैले सोनमले अर्जुनलाई मलाइकासंग बिवाह नगर्न समेत सल्लाह दिईसकेको भारतीय मिडियाको दाबी छ । अब मलाइकाको प्रेममा मस्त अर्जुन यतिबेला कसैको कुरा सुन्ने पक्षमा छैनन् । उनले सलमान खानको समेत मतलब गरेका छैनन् । उनीहरु छिट्टै बिवाह बन्धनमा बाँधिने लागेको पनि यतिबेला चर्चा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस