काठमाडौँ । नेपाली सिने क्षेत्रमा यस वर्ष विवाहहरु धमाधम भइरहेका छन्। । नायिका प्रियंका कार्की आयुषमान देशराज जोशी र वर्षा राउत संजोग कोइराला वैवाहिक जीवनमा बाँधिदैछन् । प्रियंका जोडीले जुलाईमा विवाह गर्देछन् तर मिती भने पक्का गरेका छैनन ।
उता करिव ६ वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका बर्षा संजोगले भने फागुन २ मा विवाह गर्ने पक्का भईसकेको छ । यसबीच नायिका रेखा थापा पनि विवाहको तयारीमा रहेको गसिप भईरहेको छ । उनले अब आफु वैवाहिक जीवनमा बाँधिन तयार रहेको आफु निकट व्यक्तिहरुलाई बताउँदै आएकीछिन् ।
कुनै समय नेपाली सिनेमा क्षेत्रमा मै हुँ भन्ने नायकहरुलाई समेत मात खुवाएकी रेखाले एक निर्मातासँग नै विवाह गर्न लागेको सिनेवृतमा चर्चा चलिरहेको छ । निर्माता छबिराज ओझासँग १० वर्षे लामो वैवाहिक सम्बन्ध तोडेकी उनलाई त्यसपछि विवाह कहिले गर्ने भन्ने प्रश्नहरुले हैरान पार्ने गरेको थियो ।
तर रेखा भने आफनो विवाह गर्ने दिन नआएको बताउँदै आएकी थिईन् । त्यसो त रेखा केही समय अगाडि मात्र सामाजिक सञ्जालमा प्रेमका बारेमा लेख्दै आएकी छिन ।
उनको प्रेममय स्टाटस रोमान्टिक छन् । स्टाटसहरु देख्दा लाग्छ उनी कसैसंग प्रेम सम्बन्धमा छिन् तर यस पटक भने रेखाले आफनो प्रेम सम्बन्ध लुकाउँन सफल पनि भएकीछिन् । यतिवेला फिल्म निर्माणसँगै सामाजिक अभियन्ताको रुपमा पनि काम गरिरहेकी रेखाको फिल्म पनि पछिल्लो केही समययता हलमा चल्न सकेका छैनन् । तर रेखा भने फिल्म चले वा नचले पनि सामाजिक विषयवस्तुमा आफूले फिल्म बनाउन नछोड्ने बताउँदै आएकीछिन् ।
प्रतिक्रिया दिनुहोस