काठमाडौं । वि.सं. २०७० सालदेखि नेपाली संगीतमा देखापरेर संगीतको उत्थानमा लागि परिरहेकी भद्रकला आङबुहाङ राईले आफ्नो दोस्रो एल्बम “माया” एउटा भव्य समारोहबीच काठमाडौंमा विमोचन गराएकी छिन् । यता विमोचन हुदै गर्दा सोहि दिन उनले हंगकंगमा आफ्नो एकल रचनाहरुको गायन साँझ पनि सम्पन्न गरेकी छिन । संगीतकार शम्भुजित बासकोटाको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा अतिथीको रुपमा गीतकार डा कृष्णहरि बराल , गीतकार उन्नती बोहरा शिला , संगीतकारद्वय राजु सिंह र लक्ष्मण शेष उपस्थित थिए ।
समारोहमा गीतकार भद्रकलाको गीतिकारीता र समाजसेवाप्रतिको लगाबको राम्रो तारिफ भएको थियो । भद्रकलाको दोस्रो एल्बम “माया” मा कुल ११ गीत समावेश छन् । सुरेश अधिकारी, राजिब शाह, बसन्त सापकोटा र बादल लिम्बुको संगीतमा तयार भएको यो एल्बममा राजेश पायल राई, अन्जु पन्त, स्वरुपराज आचार्य, प्रमोद खरेल, दीपक लिम्बु, रजिना रिमाल, प्रविशा अधिकारी र निकिता थापाको स्वर छ ।
केहि गीतमा संगीतकार बादलकै स्वर छ । बादलले आफुलाई संगीतमा जस्तै गायनमा पनि अब्बल साबित गरेका छन् । उता हङकङमा भद्रकलालाई एकल गायनमा राजेश पायल राई, बादल लिम्बु, प्रविशा अधिकारीले साथ दिए । १ दर्जन गीतहरु उनीहरुले प्रस्तुत गरेका थिए । भद्रकलाकै गीतमा नायिका मरिष्का पोखरेलले नृत्य पनि गरेकी थिइन् । असाहाय अशक्त बिरामीको सहयोगार्थ सम्पन्न सो कार्यक्रमबाट उठेको पैसाले भद्रकलाले समाजिक कार्यलाई निरन्तरता दिने बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०७५, १८ : ४८
लेखकबाट थप