ज्योती मगरको आक्रोश : प्रहरीले होटलमा बसेका जोडीलाई पक्राउ गर्न पाउँदैन

सफल खबर संवाददाता

सोमबार, ३० पुस २०७५, १५ : ४७
ज्योती मगरको आक्रोश : प्रहरीले होटलमा बसेका जोडीलाई पक्राउ गर्न पाउँदैन

काठमाडौं । लोक गायिका ज्योती मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोख्नु भएको छ । ठूलाबडाले ठूला–ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उहाँले प्रहरीमाथि व्यंग्य गर्नु भएको हो ।

निर्मला पन्तका हत्यारा पक्रन नसक्ने प्रहरीलाई सहमतिमा बसेका जोडीलाई दुःख दिने अधिकार नभएको उहाँको तर्क थियो । निर्मला प्रकरणमा ठुलाबडाको हात रहेको भन्दै उहाँले बलत्कारपछि हत्या भएको लामो समय बिति सक्दा पनि हत्यारालाई ढाकछोप गरी सार्वजनिक नगर्नुले सरकार दोषि भएको बताउनुभयो । चौथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तुति दिंदै मगरले सरकारले हत्यारा पक्राउ गर्न नसक्दा नेपाली जनताले सुरक्षाको प्रत्याभुती गर्न नसकेको बताउनु भयो ।

ज्योती मगर जब स्टेजमा पुगेपछि माहोल निकै तातेको थियो । उहाँले नेपाली पहिचानका कुरासँगै युवादेखि पाका पुस्ताका बारेमा व्यंग्य गर्दै दर्शकलाई छमछमी नचाउनु भएको थियो उहाँले भन्नू भयो ‘जब ढाडे बिरालो नामको गीत बजारमा आयो, म विवादमा आएकी थिएँ, तर केही व्यक्तिले माया नगरे पनि धेरै दर्शक श्रोताले माया गर्नु भएको छ । यसैमा खुशी छु ।’

लोक संगीतलाई छाडा बनाउने आरोप खेपिरहेकी ज्योतीले स्टेजमा रमाइलो गर्दा कसरी छाडा हुन्छ भन्दै मानिसको सोचाई अनुसार शब्दको व्याख्या हुने बताउनु भयो । महोत्सवमा राष्ट्रिय कलाकार ज्योती मगर, पुषोतम पौडेल, धावा लामा , इन्द्रिरा गैरै सुनिल गिरीलगायतका कलाकारले आ–आफनो प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस