काठमाडौं । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले कुटेको आरोप लगाएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।
मन्त्री यादवको थप्पड र लात्ती प्रहारबाट मुख र दाँतको भित्री भाग (मस्कुर) सुन्निएको तथा दाँया हातको हाड भाँच्चिएको जस्तो पीडा भएकाले रातिनै अस्पताल भर्ना भएको सचिव झाले बताएका छन् ।
‘शरीर कमजोर भएको छ । रातीबाटै स्लाइन चढाएको छ । हातको एक्सरे पनि गरिएको छ,’ सचिव झाले बताए । उनी जनकपुरस्थित निजी अस्पताल केयर नर्सिङ होममा भर्ना उपचाररत छन् ।
आफूले सिफारिस गरेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सभामुख सरोज कुमार यादवकै अगाडी हात र लात्तले हानेको सचिव झाको आरोप छ । तर, मन्त्री यादवले भने उनीमाथि हातपात नगरेको दावी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० पुस २०७५, १३ : २५
लेखकबाट थप