श्रृङ्खला खतिवडा भन्छिन्, : प्रधानमन्त्री ओली निर्मला पन्तको विषयमा गम्भीर

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०७५, १७ : ३५
श्रृङ्खला खतिवडा भन्छिन्, : प्रधानमन्त्री ओली निर्मला पन्तको विषयमा गम्भीर

काठमाडौं । मिस नेपाल श्रृखला खतिवडाले निर्मला पन्तको विषयमा प्रधानमन्त्री गम्भीर रहेको बताएकी छन् । हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी श्रृङ्खलाले भेटमा प्रधामन्त्रीले आफूलाई बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको मुद्दा छिट्टै किनारा लगाउने आश्वासन दिएको बताएकी हुन् ।

भेटको सेल्फीसहित केही तस्बिर इन्स्टाग्राममा सार्वजनिक गर्दै उनले प्रधामन्त्री ओलीसँग केही महत्वपूर्ण विषयमा समेत छलफल भएको जनाएकी छन् । 
‘प्रधामन्त्रीले निर्मलाको मुद्दामा गहिरो चासो राख्नु भएको रहेछ’ उनले लेखेकी छन् ‘मुद्दाको किनारा लगाउन सक्दो प्रयास गरिरहेको जानकारी समेत दिनुभयो ।’

भेटमा आफूले प्रधानमन्त्री ओलीलाई पर्यटन वर्ष २०२० को सफलताका लागि केही योजना समेत सुनाएको जनाएकी छन् ।

 
 

प्रतिक्रिया दिनुहोस