सलमान खानले भने,– अहिले म सिंगल छैन

एजेन्सी

बुधबार, २५ पुस २०७५, १७ : ०६
सलमान खानले भने,– अहिले म सिंगल छैन

एजेन्सी । बलिउड सलमान खानको विवाह गर्ने उमेर नाघिसक्यो । उनी अहिले ५३ वर्षको भए । तर अझै उनको विवाहको विषयमा चर्चा हुने गर्छ । 

बलिउड करियरकै समयमा यो भन्दाअघि थुप्रै प्रेमसम्बन्धमा रहेका सलमान खानका कुनै पनि सम्बन्ध अन्तिमसम्म टिक्न सकेनन् ।

पछिल्ला वर्षहरुमा रोमानियनकी यूलिया वन्तूरसँग सम्बन्धमा छन् । केहि समय अगाडि मात्रै यूलिया र सलमान गोवा घुमेर आएका थिए । सरमान र यूलिया २०१३ देखि नै सम्बन्धमा रहेको भारतीय मिडियामा उल्लेख छ । तर उनी कहिल्यै पनि सम्बन्धको बारेमा खुलेर बोल्दैनन् । रोमानियनकी सुन्दरी यूलिया भने लामो समयदेखि सलमानको परिवारमा घुलमिल हुँदै आएकी छिन् । यसैबीच, सलमान खानले भर्खरै कपिल शर्माको शोमा आफ्नो जीवनमा आजभोलि खास व्यक्ति भएको बताएका छन् । उनले अप्रत्यक्ष रुपमा आफ्नो प्रेम सम्बन्धको जिकीर गरेका छन् । उनले भने, ‘म आजभोलि सिंगल छैन ।

प्रतिक्रिया दिनुहोस