१२ वर्षमा पहिलो पटक एकैचोटी फ्लप भए तीन खान

एजेन्सी

मंगलबार, २४ पुस २०७५, १५ : ४४
१२ वर्षमा पहिलो पटक एकैचोटी फ्लप भए तीन खान

एजेन्सी । सन् २०१८ बलिउडका तीनै खानका लागि व्यवसायिक रुपमा सफल हुन सकेन । ईदको मौकामा सलमान खानको रेस–थ्री आयो । यो फिल्मले एउटा रेकर्ड पनि बनायो । तर यो रेकर्ड कमाईको मामलामा नभई सोसल मिडियामा ट्रोल भएका कारण स्थापित भयो । यो फिल्मको डायलगमात्र नभई प्रत्येक दृश्यको मीम्स इन्टरनेटमा मज्जाले भाइरल भयो । कमाईको कुरा गर्नुपर्दा फिल्मको पूरा कमाई भारु १६६.४० करोड रह्यो ।

सलमानपछि आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ का साथ पर्दामा आए तर दर्शकको अपेक्षा गरेअनुसार राम्रो हुन सकेन । बक्स अफिसरमा यो फिल्मले १५१.१९ करोडमात्र कमाउन सक्यो । वर्षको अन्त्यमा शाहरुख खान आए । उनको फिल्म ‘जिरो’ सँग दर्शकले निकै आशा गरेका थिए । तर फिल्मले दर्शकलाई प्रभावित गर्न सकेन । फिल्म अहिलेसम्म हलमा त छ तर कमाईको कुरा गर्नुपर्दा यसले अहिलेसम्म सय करोडको आँकडा पार गर्न सकेन । ‘जिरो’ ले अहिलेसम्म ८८.८५ करोडको कलेक्शन गरेको छ ।

यी तीनै फिल्म इद, दिवाली र क्रिसमसजस्ता छुट्टीको मौसममा रिलिज भएका थिए । तरपनि दर्शकलाई थिएटर्ससम्म तान्न असफल रह्यो । पछिल्लो १२ वर्षमा पहिलो पटक जब खान्सको फिल्म बक्स अफिसमा हिट हुन सकेन । यसअघि सन् २००६ मा धुम टु (८१ करोड), लगे रहो मुन्ना भाइ (७५ करोड), कृष (७२ करोड) ले बाजी मारेको थियो । यो वर्ष पनि यी तीनै खान शीष रेसबाट बाहिर छन् ।

अब बक्स अफिसमा यी तीन खानको झण्डा बलियो भएका वर्षबारे जानकारी लिऔं :

सन् २०१७ः लिमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ ३३९.१६ करोड भारु कमाएर शीर्ष स्थानमा थियो ।

सन् २०१६ः आमिर खानको ‘दंगल’ ले ३८७.३८ करोड कमाईसहित शीर्ष स्थानमा थियो । यो वर्ष सलमानको ‘सुल्तान’ ३००.४५ करोड कमाईसहित दोस्रो स्थानमा थियो ।

सन् २०१५ः सलमान खान ‘बजरंगी भाइजान’ पर्दामा आए र छाए । ३२०.३४ करोड भारुको कमाईसहित यो फिल्म शीर्ष स्थानमा थियो । सन् २०१५ मा सलमानको प्रतिस्पर्धा उनी आफैंसँग रह्यो । उनको फिल्म ‘प्रेम रतन धन पायो’ २१०.१६ करोड भारुको कमाईसहित दोस्रो स्थानमा रह्यो ।

सन् २०१४ः आमिर खानको पीके ३४०.८० करोडको कमाईसहित शीर्ष स्थानमा रह्यो । यो फिल्म तीन सय करोड क्लबमा समावेश भएको पहिलो फिल्म थियो । सलमान खानको किक (२३१.८५ करोड) र शाहरुख खानको ह्याप्पी न्यू इयर (२०३ करोड) कमाएर दोस्रो र तेस्रो स्थानमा रह्यो ।

सन् २०१३ःआमिर खानको धूम २८४.२७ करोड कमाएर शीर्ष स्थानमा रह्यो । शाहरुख खानको चेन्नई एक्सप्रेस २२७.१३ करोड कमाएर दोस्रो स्थानमा रह्यो ।

सन् २०१२ः सलमान खानको ‘टाइगर जिन्दा हे’ ले यो वर्ष १९८.७८ करोड भारु कमाएको थियो । दोस्रो नम्बरमा पनि सलमान नै फिल्म नै थियो । ‘दबंग’ ले १५५ करोड कमाएको थियो ।

सन् २०११ः सलमान खान बडीगार्ड बनेर आए र बक्स अफिसमा पैसाको वर्षा भयो । उनको फिल्मले १४८.८६ करोड भारु कमाएको थियो । त्यसै वर्ष रिलिज भएको ‘रेडी’ ले ११९.७८ करोडको कलेक्शनसहित दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा शाहरुख खानको ‘रा वन’ थियो । फिल्मले ११४.२९ करोड कमाएको थियो ।

सन् २०१०ः १३८.८८ करोड भारु कमाईसहित ‘दबंग’ त्यो वर्ष शीर्ष स्थानमा रह्यो ।

सन् २००९ः आमिर खानको ‘थ्री इडियट्स’ त्यो वर्ष दुई सय करोड कमाउने पहिलो बलिउड फिल्म बनेको थियो । फिल्मले २०२.९५ करोड कमाएको थियो ।

सन् २००८ः आमिरले सन् २००८ मा पहिलो पटक सय करोड क्लबमा इन्ट्रि गरे । उनको फिल्म ‘गजनी’ ले ११४ करोड भारु कमायो । दोस्रो नम्बरमा शाहरुख खानको रब ने बना दी जोडी रह्यो । फिल्मले ८४ करोड कमाएको थियो ।

सन् २००७ः शाहरुख खानका दुई वर्ष शीर्ष स्थानमा रहे । ओम शान्ति ओम ७८ करोड भारु कमायो भने ‘चक दे इन्डिया’ ६७ करोड भारु कमाएर दोस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस