साम्राज्ञीले किन लुकाउँन खोजछिन् आफ्नो प्रेम सम्बन्ध

आइतबार, २२ पुस २०७५, १७ : ४५
साम्राज्ञीले किन लुकाउँन खोजछिन् आफ्नो प्रेम सम्बन्ध

अभिनेत्रीहरुको प्रेम कोसँग कहिले सुरु हुन्छ र अन्त्य हुन्छ भन्ने कुरा सायद उनीहरुलाई पनि थाहा हुँदैन । अभिनेत्रीहरुको सम्बन्ध जोडिनु र छुट्टिनु सामान्य जस्तै कुरा बनेको छ । उनीहरुको विवाह सम्बन्ध त कहिले जोड्नि त कहिले टुङगिन्छ भन्ने पत्तो हुँदैन । नेपाली सिनेमा क्षेत्रमा यस्ता कमै कलाकारहरु छन् जो खुलेर प्रेम सम्बन्धबारे बोल्दैनन् ।
नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह पनि प्रेम सम्बन्ध लुकाउने कलाकारको रुपमा चिन्छिन् । आफनो फिल्म , फेसन स्टायल र प्रेम सम्बन्धको कारण बेलाबेलामा चर्चामा आउँछिन् । तर उनी आफ्नो सम्बन्धको बारेमा कहिलेपनि स्वीकार गर्न तयार हुदिनन् ।  
अहिले उनी नेपाली चलचित्र क्षेत्रकी एकमात्र चर्चित र व्यस्त नायिका हुन् । केही समय अगाडि व्यवसायी मयंक खड्कासंग प्रेम सम्बन्धमा रहेकी साम्राज्ञीको ब्रेकअप भएको ६ महिनामात्रै भयो ।
ब्रेकअपको एक महिना पनि नबित्दै उनी उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांश जंगबहादुर राणाको प्रेममा परिन् । यतिबेला उनी देवांशसंग डेटमा रमाईरहेकी छिन् । उनले नत यसअघि मयंकसंगको सम्बन्ध औपचारिक रुपमा स्वीकार गरेकी थिईन् नत अहिले देवांशसंगको नै । सामाजिक सञ्जालमा प्रेमीको तस्बिर राख्दै प्रेम छरप्रस्ट पार्ने उनी खुलेर भने बोल्न सक्दिनन् । आज भोली साम्राज्ञीको नयाँ प्रेमी देवांशलाई लिएर विभिन्न इभेन्टहरुमा पनि पुग्न थालेकी छिन् ।
केही दिन अघि पनि एक फेसन शो रुम उद्घाटनमा पनि उनी आफनी आमासंगै देवांशलाई लिएर पुगेकी थिईन् भने त्यो भन्दा मारुनी फिल्मको औपचारिक घोषणा कार्यक्रममा पनि उनलाई लिएर पुगेकी थिईन् तर मिडियाबाट तर्किदै । आफनो निजी जीवनलाई सार्वजनिक गर्न नचाहाने साम्राज्ञी प्रेम लुकाउँन त खप्पिस नै छिन् तर सफल भने भएको देखिँदैन ।

 

प्रतिक्रिया दिनुहोस