५३ बर्षको उमेरमा सलमान कसरी देखिन्छन् १६ बर्षे ?

आइतबार, २२ पुस २०७५, १३ : १९
५३ बर्षको उमेरमा सलमान कसरी देखिन्छन् १६ बर्षे ?

बलिउडका सुपरस्टार सलमान खानको उमेर ५३ बर्ष भयो । प्रया समान्य मानिसहरु यो उमेरमा रिटार्यड लाईफ बिताई रहेका हुन्छन् । तर सलमानमा यो लागू भएको छैन । उनको उमेर जति बढ्दै गएको त्यती नै फिटनेस देखिन्छन् ।
उनो उर्जा र उत्साह हेर्दा १६ बर्षे युवाको भन्दा कम छैन । विवाह नगरेकै कारण उनको चर्चा देश विदेशमा भइ रहन्छ । उविवाह नगरेका भएपनि लभ रोमान्समा बलिउड नायिकाहरुसँग उनको नाम सधै जोडिरहेकै हुन्छन् । ऐश्वर्य राय, क्याट्रिना केफ उनका पूर्व प्रमिकाहरु हुन् ।
केही स्वास्थ्य समस्या झेल्दै आईरहेका सलमान व्यवसायिक जीवनका कारण फुर्सदमा बस्दैनन् । उनले एकपछि अर्को फिल्म दिईनै रहेका हुन्छन् । उनी यो उमेरमा पनि फिटनेस र चलायमान छन् । यसको कारण हो, उनले खाने खान र शारीरिक ब्याम ।
सलमान खान आफ्नो खानपानबारे निकै सचेत छन् । उनी आफ्नो खानपानमा प्रोटिनयुक्त खानपानलाई विशेष महत्व दिन्छन् । र, यसको सेवन पनि धेरै गर्छन् । माछामासु, अण्डा, दूध, लगायतका खानेकुरा उनको खानपानको नियमित हिस्सा हुने गर्छ । यतिसम्म की उनी जुनसुकै ठाउँमा गएपनि उनी त्यही खानेकुरामात्र खान्छन्, जुन उनको डायटिसियन र पर्सनल ट्रेनरले बताउने गर्छन् ।
उनले ब्रेकफास्टमा चारवटा अण्डाका साथ फ्याट दूध खान्छन् । जसमा वर्कआउट भन्दा पहिले उनी दुई वटा अण्डाका साथ एमिनो एसिड ट्याबलेटको साथमा प्रोटिन शेक पिउँछन् । वर्कआउट पछि तीन वटा अण्डाको सेतो भाग खान्छन् । लञ्चमा तरकारी र सलादको साथमा रोटी खाने गर्छन् । 
साझको नास्तामा उनी प्रोटिन बारको साथमा ड्राई फ्रुट खान्छन् भने रातमा उनी तरकारीको सूप, फिश, चिकेन र दुईवटा अण्डाको सेतो भाग खान्छन् । फिटनेश ट्रेनरका अनुसार सलमान दिनमा लगभग दुई हजार सिटअप, हजार पुशअप तथा पाँच सय एम्बोमिनल क्रंचेज गर्छन् ।
उनी कम्तीमा तीन घण्टा एक्सरसाइज गर्छन्, जसमा उनी आफ्नो एब्सm बाइसेप्स, ट्राईसेप्समा ध्यान दिने गर्छन् । यसबाहेक, पनि उनी करिब दश किलोमिटर साइकल कुदाउने गर्छन् । उनले खानका अनुसार सुगठित शरीरका लागि दृढ संकल्प र समर्पणको भावना जरुरी छ । यसबाहेक, अनुसासनमा रहन जरुरी छ । प्रतिदिन दुई देखि तीन घण्टा गर्न जरुरी छ । जसमा साइकिलिङ्ग, स्वीमिंग पनि समावेश छन् । यसको साथमा खानपानमा पनि उत्तिकै ध्यान दिन जरुरी छ । यसले लाइफस्टाइल राम्रो हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस