बिवाहको बिषयलाई लिएर छबि र शिल्पाको लुकामारी बुझिनसक्नु

सफल खबर संवाददाता

शनिबार, २१ पुस २०७५, १६ : १३
बिवाहको बिषयलाई लिएर छबि र शिल्पाको लुकामारी बुझिनसक्नु

नेपाली सिनेमा क्षेत्रमा बाघ निर्माता भनेर चिनिएका छबिराज ओझा र नायिका शिल्पा पोखरेलको नाम एक अर्कासंग जोडिएर आएको लामो समय भईसक्यो । रेखा थापास्रंग डिभोर्स भएलगत्तै उनले शिल्पालाई आफनो व्यानरको नायिका बनाए त्यतीमात्र होईन उनले त आफनै जीवनको नायिका नै बनाए । यी दुईले लामो समयदेखि आफनो सम्बन्धको बारेमा बोल्दै आएका छन् । जब जब फिल्मको रिलिजको संघारमा हुन्छ तब यी दुईको प्रेम र बिवाहको बारेमा सधै चर्चा हुने गर्छ जबकी फिल्म रिलिजपछि त्यो चर्चा सेलाउँछ अझ भनौ हराउँछ ।

फिल्म रिलिज सकिएपछि उनीहरु यसबारेमा बोल्न पनि खोज्दैनन् ।पछिल्लो पटक मंगलमको प्रमोसनमा आफुहरु चाडै नै बिवाह गर्ने तयारीमा रहेको समेत बताउँदै आएका उनीहरुको सम्बन्ध अहिले भने छुटेको सिनेबृतमा व्यापक चर्चा छ । यतिबेला उनीहरुको ब्रेकअप भएको खबरले सिनेबजार तातेको छ । हालै उनले आफुहरुबीच सम्बन्ध नराम्रो भएको भन्ने खबर झुठो भएको बताएकीछिन् । यस बिषयमा खासै बोल्न नखोजेकी उनले छबि र आफुबीच निर्माता नायिकाको सम्बन्ध रहेको समेत दाबी गर्छिन् ।

कतिसम्म भने उनीहरुको ब्रेकअपमात्र होईन डिभोर्स नै हुन लागेकोसमेत चर्चा छ । उता शिल्पा भने आफुहरुबीच बिवाह कहिले भएको थियो तर डिभोर्स हुने भन्दै प्रश्न गर्छिन् । स्मरण रहोस नायिका रेखा थापाले यसअघि नै छबि र शिल्पाबीच २ बर्ष अगाडी नै बिवाह भईसकेकोले आफनो नाम छबिसंग नजोड्न खुलासा गरेकी थिईन् । बिवाहको बिषयलाई लिएर छबि र शिल्पाको लुकामारी बुझिनसक्नु छ ।

त्यसोत रेखाले खुलासा भन्दा अघि नै छबि र शिल्पाले गोप्यरुपमा बिवाह गरिसकेको र नजिककालाई भोज समेत खुवाएको गसिप चलेको थियो । तर अहिले आएर शिल्पा छबिसंग कुनै सम्बन्ध नै नभएको जस्तो गरी अभिव्यक्ति दिईरहेकीछिन् ।  पब्लिक फिगर भएकै कारण दर्शक तथा प्रशंसकहरुले यसबारेमा जवाफ त खोज्छन् नै ।  कि त बिवाह गरेको हो भन्नु प¥यो कि त सम्बन्धमा खटपट आएको हो भन्नु प¥यो । सधै फिल्म रिलिजको समयमा आएर आफनो प्रेम सम्बन्धको बारेमा चर्चा गर्ने शिल्पा र छबिले कहिले सम्म दर्शकहरुलाई मुर्ख बनाउँने ?
 

प्रतिक्रिया दिनुहोस