नायिका बन्दै झरना पुत्री सुहाना (तस्विरमा हेरौँ उनको रुप)

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०७५, १९ : १२
नायिका बन्दै झरना पुत्री सुहाना (तस्विरमा हेरौँ उनको रुप)

काठमाडौं । बलिउडमा जस्तै नपाली सिनेमा क्षेत्रमा पनि कुनै सेलिब्रेटी किड्सले डेब्यु गर्न लाग्दैछन् भने त्यसको चर्चा निकै हुने गर्छ । यतिबेला करिश्मा मानन्धरकी छोरी कबिता मानन्धर र झरना थापाकी छोरी सुहाना थापाले पनि डेब्यु गर्र्दछन् । कबिताको शिव श्रेष्ठको फिल्मबाट डेब्यु गर्देछिन् तर उक्त फिल्मको सुटिङ नै रोकिएको छ । उता सुहाना भने आफनै होम प्रडक्सनको फिल्म ए मेरो हजुर ३ बाट डेब्यु गर्देछिन् । फिल्मको काम यतिबेला चलिरहेको छ जुन फिल्ममा सुहानाले अनमोल केसीको अपोजिट रहेर काम गरिरहेकीछिन् ।

सुहानाको डेब्युलाई लिएर उनी फिल्ममा आवद्ध हुनु पूर्व नै थियो तर उनले अभिनयमा भने रुची देखाएकी थिईनन् । ए मेरो हजुर २ को प्रमोसनताका उनले फिल्म निर्माणमा भने आफुलाई इच्क्षा रहेको बताएकी थिईन् । तर ए मेरो हजुर ३ मा नव नायिकाको खाँजो परेपछि झरना र सुनिल कुमार थापाले आफनै छोरीलाई फिल्ममा लिन निधो गरे । जसका लागि उनीहरुले सुहानालाई निकै कन्भिन्स गरे र नै उनी फिल्मका लागि राजी भईन् ।

यही फिल्मलाई लिएर उनको डेब्यु यतिबेला चर्चा र प्रतिक्षा दुबै छ । अमेरिकामा अध्ययन गरिरहेकी सुहानाको सुन्दरताको चर्चा पनि भईरहेको छ भने अनमोलसंग उनको जोडी कस्तो होला त्यसको पनि चासो देखिएको छ । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा बनिरहेको ए मेरो हजुर ३ चैत्र २९ मा रिलिज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस