एनआई सी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०७५, १६ : ०९
एनआई सी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

झापा । एन आई सी एशिया बैंक लि.ले झापाको दमकस्थित फाल्गुनन्द चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दमक फाल्गुनन्द चोक वडा नं १, झापास्थित फाल्गुनन्द चोक शाखाको एनआई सी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालबाट शुक्रबार एक समारोहकाबीच उद्घाटन गरेको छ । उद्घाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी गराउनु भयो । 

एनआई सी एशिया मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४६ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हाल सम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकका नायब प्रमुख सुचना अधिकृत अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस