'अदालत ' फागुन २४ गते प्रदर्शन हुने

विहीबार, १९ पुस २०७५, १८ : ५८
'अदालत ' फागुन २४ गते प्रदर्शन हुने

अदालत नामक फिल्म फागुन २४ गते प्रदर्शन हुने भएको छ । दिनेश लिङ्देनको लेखन र निर्देशन रहेको फिल्ममा देशमा घटिरहेका हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारजस्ता घटना प्रस्तुत गरिएको बताइन्छ  ।

फाल्गुनन्द लिङ्देन फिल्म्सको ब्यानरमा बनेको फिल्ममा राजकुमार अधिकारी, एलिना बास्कोटा, मदन भुजेल, रुद्र पाहिम लिम्बू, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, अजय खड्का, प्रेम आले, दीपक क्षेत्री, राजु घिमिरे, दिलीप ठकुरीलगायतले अभिनय गरेका छन् । फिल्मको निर्मातामा वसन्त थेवे, मेखबहादुर मगर, आरपी दाहाल र कविता राई लिङ्देन छन् । 

प्रतिक्रिया दिनुहोस