काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको लापरवाहीका कारण नागढुंगा बस्ने सञ्जय श्रेष्ठले ७८ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ । बैंक ठगीको आरोपमा श्रेष्ठलाई सीआइबीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । एक रुपैयाँ बैंकमा डिपोजिट गर्दा खातामा सीधै एक डलर जम्मा हुने गरेको र पटक–पटक गरी ७८ हजारसम्म जम्मा गरेर ७८ हजार डलर ठगी गरेको खुलेको हो । पछिल्लो समय आफू आर्थिक समस्यामा परेकाले गलत काम गर्नुपरेको उनले बताएका छन् ।
बैंकको कोर बैंकिङ सिस्टम (सिबिएस)को कमजोरीले यस्तो भएको हो । गत वर्ष बैंकको न्युरोड शाखामा खाता खोलेका श्रेष्ठले सो खातामा अनलाइन बैंकिङ, मोबाइल बैंकिङ तथा मोबाइल वालेटमार्फत पैसा जम्मा गरेका थिए । त्यसरी पैसा ट्रान्सफर गर्दा गर्दा सीधै डलरमा पैसा देखियो र श्रेष्ठले पैसा ठगेको खुल्यो । यस विषयमा न बैंकले थाहा पायो न उनले बैंकमा यस विषयमा सोधनी नै गरे । तर गत वर्ष मार्चमा जापान गएका उनले त्यहाँ सोही खाताबाट कार्डमार्फत २ हजार डलर खर्च गरे । उनी नेपाल आउने जापानीहरूको ट्रान्सलेटरका रूपमा काम गर्दथे । बल्ल बैंकले थाहा पायो कि रुपैयाँ जम्मा गर्दा सिष्टमले डलर देखाएको रहेछ । त्यसपछी बैंकले सीआइबीलाई खबर गरेको थियो । सोही सम्बन्धका आधारमा उनी पटक–पटक जापान पनि गएका थिए र सो रकम खर्च गरेका थिए । उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०७५, १७ : ००
लेखकबाट थप