खिचरा महोत्सवमा चर्चित सुन्दरीहरुलाई थारु पहिरनमा देख्न पाइने

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०७५, १८ : ४१
खिचरा महोत्सवमा चर्चित सुन्दरीहरुलाई थारु पहिरनमा देख्न पाइने

चितवन । पछिल्लो समय छुट्टै पहिचान बनाएको चितवनको ‘खिचरा महोत्सव’को मिति नजिकिदै गर्दा यसप्रति चासो बढ्दै गएको छ । प्रत्येक वर्ष केही न केही फरक पनको झल्को दिईरहेको महोत्सवमा यसपटक पनि धेरै नयाँ देख्न सकिने आयोजकले जनाएको छ । यस वर्षको खिचरा महोत्सवमा चर्चित सुन्दरीहरुलाई थारु पहिरनमा दर्शकहरुले हेर्न पाउने छन् । मिस नेपालबाट विभिन्न विधामा उपाधि जित्न सफल सुन्दरीहरुलाई महोत्सवमा देख्न सकिन्छ । महोत्सवमा मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखी, मिस नेपाल टप ५ प्रतियोगी एवंम चर्चित कोरियोग्राफर निश्मा ढुंगाना चौधरी, मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य, मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ, मिस नेपाल अर्थ २०१६ रोशनी खत्रीलाई थारु पोषाकमा सजिकएको देख्न पाईनेछ । उनीहरुले स्टेजमा समेत विशेष प्रस्तुती दिने महोत्सव साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।

एउटै महोत्सवमा सबै सुन्दरी थारु पहिरनमा सजिएर प्रस्तुती दिने संभवत यो पहिलो पटक हुने आयोजकको दावी छ । यस्तै महोत्सवमा मिस्टर एण्ड मिस थारु २०१८ का फाइनल प्रतिस्पर्धीहरुको पनि विशेष प्रस्तुत रहने आयोजकले जनाएको छ । उनीहरुले थारु पहिरनमा र्याम्मा उत्रिने छन् । छैठौं संस्करणको ‘खिचरा महोत्सव’ यसवर्ष यही पुस २८ देखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा हुँदैछ । अहिले महोत्सवको तयारी तीब्र रुपमा भईरहेको आयोजकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस